धातु मिसावट गरेको आरोपमा १२ जना सुन व्यवसायी पक्राउ

गुलरिया : बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

बर्दियाका विभिन्न क्षेत्रको नमूना परिक्षण गर्दा ८ प्रतिशत सम्म अन्य धातु मिसावट भएको पाइएकाले व्यवसायीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । उनले भने ‘कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अन्र्तगत पक्राउ गरी हामीले कारवाही प्रक्रिया अघि बढाएका हौं ।’

प्रहरीले बाँसगढी नगरपालिकाबाट स्याङ्जा सुनचाँदी पसलका संचालक संगिता सुनार, पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार, पोखरा सुनचाँदी पसल त्रिभुवन सुवर्णकार, सितासुन चाँदी पसलका सीता सुनार, मोडेल सुनचाँदी पसलका ईन्द्रमान सुनार, गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मालाई पक्राउ गरिएको छ ।

त्यस्तै राजापुर नगरपालिकाबाट फुलराम ज्वैलर्सका परशुराम सुनार र निमप्रकाश सुनार, लुम्बिनी सुनचाँदी पसलका भगवान शरण सोनी, दंगाली सुनचाँदी पसलका कविराम विक पक्राउ परेका छन् ।

गुलरिया नगरपालिकाबाट राप्ती लुम्बिनी सुनचाँदी पसलका भीमबहादुर सेन्चुरी, गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा र न्यू स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र सन्तोषी सुनारलाई पक्राउ गरिएको हो । बर्दियामा बजार अनुगमन कार्यलाई तिव्रता दिइएकाले भन्दै प्रजिअ कुरुम्बाङ्गले कालो बजारी, ठगी नियन्त्रण गर्दै नागरिकको हित संरक्षण गर्न प्रतिवद्ध रहेको बताए ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित