गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नेपाल ब्रिटेन डट कमले आयोजना गर्न लागेको आफ्नो स्थापनाको ११औ वार्सिकोत्सवमा सहभागी हुन बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आउने भएका छन् । पत्रकार चिरन शर्माका अनुसार डा. पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा भाग लिन बेलायत आउन लागेका हुन् । जुलाईको तेस्रोसाता लण्डन आइपुग्ने पाठकले वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने जानकारी शर्माले दिए ।
जापानको क्रिचियन युर्निभरसिटीबाट विद्यावारिधी गरेका पाठक गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार समेत हुन् । नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रमलाई गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, संघका अध्यक्ष भवन भट्ट लगायतले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ । कार्यक्रममा वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया प्रसनालिटी अफ दी यर को रुपमा सम्मान गर्ने तयारी गरिएको छ । यसपटकको कार्यक्रम विगतको कार्यक्रमभन्दा निकै फरक र भव्य हुने चिरन शर्माले जानकारी दिएका छन् ।





