प्रधानमन्त्रीसँग पाैने तीन करोडका दुई गाडी, मर्सिडिज मगाउँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन्। जब कि उनीसँग टोयोटाका दुई वटा बुलेटप्रुफ ल्याडक्रुजर प्राडो गाडी पहिल्यै छन्। नेपाली बजारमा ल्यान्डक्रुजर प्राडाको मूल्य दुई करोड ७० लाख छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग दुई करोड रुपैयाँ मूल्यको टोयाटा ल्यान्डक्रुजर, ६३ लाखको स्कार्पियो र थप एउटा कार चढ्छन्।

यस्तै, अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव टोयोटा ल्यान्डक्रुजर चढ्छन्। त्यसको मूल्य दुई करोड रुपैयाँ रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ। गृहमन्त्री रामबहादुर थापा एक करोड ५५ लाख रुपैयाँको मित्सुबिसी पजेरो, ऊर्जा मन्त्री वर्षमान पुन ९३ लाखको हुन्डाईको टक्सन, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल ७८ लाख रुपैयाँको महिन्द्राको एक्युभी ५००, उद्योगमन्त्री मातृकाप्रसाद यादव ६० लाख रुपैयाँ पर्ने टाटाको स्ट्रोम चढ्छन्।

यस्तै, वनमन्त्ती शक्ति बस्नेत दुई करोडभन्दा बढी मूल्यको ल्यान्डक्रुजर प्राडो, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई एक करोड छ लाखको फोर्डको इन्डेभर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एक करोडको फोर्डको इन्डेभर, अर्थ मन्त्री डा. युवराज खतिवडा सवा करोडको निसान एक्सट्रेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा ६२ लाख ५६ हजार मूल्यको हुन्डाईको क्रेटा गाडी चढ्छन्।

कानुन मन्त्री शेरबहादुर तामाङ दुई करोडभन्दा बढी मूल्यको ल्यान्डक्रुजर प्राडो, कृषि मन्त्री चक्रपााणि खनाल एक करोड २९ लाख रुपैयाँको फोर्ड इन्डभर, खानेपानी मन्त्री बिना मगर टोयोटाको ल्यान्डक्रुजर र सञ्चारमन्त्री गोकुल बास्कोटा दुई करोडभन्दा बढी मूल्यको टोयोटाको ल्यान्डक्रुजर गाडी चढ्छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित