राजविराज – राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको समाचारलाई गुणस्तरीय एवम् प्रभावकारी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं २ अन्तर्गत सप्तरीको राजविराजमा रहेका रासस कार्यालयको आज साँझ निरीक्षण गर्नुहुँदै अध्यक्ष अधिकारीले गुणस्तरीय एवम् विश्वसनीय समाचार तथा गाउँघरमा भएका घटनाहरुलाई प्राथमिकता दिनुपर्दछ भन्नुभयो । साथै, उहाँले राजनीतिक विषयमा मात्र नभई आर्थिक–सामाजिक तथा सांस्कृतिक विषयवस्तुमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
सो क्रममा उहाँले राजविराज राससको भौतिक संरचनाका बारेमा जानकारी लिनुभएको थियो ।
रासस





