Home > Blog > बाह्रजना बालबालिका बाढीमा फसे

बाह्रजना बालबालिका बाढीमा फसे

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

माइ साई, थाईल्यान्ड – उत्तरी थाइल्याडको एक गाउँमा फूटबल खेल्न गएका १२ जना बालबालिका र उनका एक प्रशिक्षक बाढीका कारण फसेका छन् ।

भारी वर्षापछि आएको बाढीको कारण उनीहरू दुईदेखि एक गुफामा फसेर रहेका सोमबार सरकारी अधिकारहरले जानकारी दिएका छन् ।

एक गुफामा फसेका ती बालबालिकाको उद्धारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ ।

फुटबल म्याच खेल्न गएका बालबालिका र उनका प्रशिक्षक गत शनिबारबाट फसेका एक सरकारी अधिकारीले एएफपी समाचार समिलिलाई जानकारी दिएका छन् ।

म्यानमारको सीमा नजिकैको एक एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ ।

फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । थाइल्यान्डमा मे महिनादेखि अक्टोबरसम्म मनसुनी वर्षाको समय हो ।
रासस÷एएफपी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …