काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको आजको बैठकमा जानकारी गराउने भएका छन्।
उनी चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका थिए।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको आजको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ।
डिसी नेपाल





