सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा – चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ । सोमबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले ताप्लेजुङलाई २५–१२, २५–२२ र २५–१५ को सिधा सेटमा र दोस्रो सेमिफाइनल खेलमा ओखलढुंगाले भोजपुरलाई २५–२०, २५–२०, २५–१९ सिधा सेटमा पराजित गरेका थिए ।

सेमिफाइनलमा पराजित ताप्लेजुङ र भोजपुरबीच तेस्रो स्थानका लागि आज फाइनल खेल हुनु अघि प्रतिस्पर्धा हुने प्रदेश नं १ स्तरीय भलिबल रेफ्री संघका अध्यक्ष विनय राईले बताउनुभयो ।

नकआउट चरणमा भएका प्रतियोगितामा १ नं प्रदेशका १४ जिल्लाबाट १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता टोलीले रु ५० हजार नगदसहित ट्रफी, उपविजेताले नगद रु ३० हजारसहित फष्ट रनरअप ट्रफी र तेस्रो हुने टोलीले रु २० हजारसहित सेकेण्ड रनरअप ट्रफी पाउने आयोजकले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजनामा भएको सगरमाथा कपमा सहआयोजक चौबिसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र सहयोगी रारा क्लब चौबिसे राजारानीले समन्वय गरेका छन् ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित