पक्की पुलको शिलान्यास

रामपुर, पाल्पा – पाल्पाको रामपुर नगरपालिका– ५ र ६ जोड्ने बहखोलामा पक्की पुल बन्ने भएको छ ।

तालपोखरा चिप्लेढुंगा सडकखण्डअन्तर्गत पर्ने बहखोलामा निर्माण हुन लागेको पक्की पुलको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार शिलान्यास गर्नुभयो ।
नगर प्रमुख थापाले गाउँको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको बताउँदै तालपोखरा, विजयपुर, किसानबारी, बेझाड बजार क्षेत्रलाई अब रिङरोडको अवधारणाअनुसार काम गरिने बताउनुभयो ।

पर्यटकीय क्षेत्र तालपोखरासँग जोडिएको हँुदा पनि यहाँ पुल निर्माण सम्पन्न भएपछि तालपोखरा घुम्न आउने पर्यटकको आवजावतमा ठूलो राहत मिल्ने उहाँको भनाइ थियो । यस पुल निर्माणका लागि नगर प्रमुख थापाले नगरपालिकाबाट रु पाँच लाख सहयोग गर्ने घोषणा गर्नुभयो ।

रु एक करोड १९ लाखको लागतमा १० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल निर्माण गर्ने समितिका सचिव भरतराज देवकोटाले बताउनुभयो ।

सिद्धबाबा सडकको वैकल्पिक ट्रयाक खुल्यो

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गेको नयाँ ट्रयाक खुलेको छ । आगामी आवभित्र यस सडकलाई डबल लेनको रुपमा स्तरोन्नति गरिने भएको छ ।

वैकल्पिक सडक निर्माणको लागि तिनाउ गाउँपालिकाले रु ६० लाख र रिब्दीकोट गाउँपालिकाले रु १० लाख लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले रु २० लाख र बगनासकाली गाउँपालिकाले रु पाँच लाख र देवदह नगरपालिका रुपन्देहीले रु १० लाख गरी रु एक करोड १० लाखमा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित