राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुको खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले सञ्चालन गरेको वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले बिहीबार सार्वजनिक गरेको हो ।

वरिष्ठ सहायक (नगद) मा खुला, महिला, आदिबासी, मधेसीलगायतमा ३० सिटका लागि दरखास्त आह्वान भएकामा ९० जना लिखित परीक्षामा सफल भएका छन् । ६ जना माग गरिएको वरिष्ठ सहायक (कम्प्यूटर अपरेटर) काे लिखित परीक्षामा भने ७ जना मात्रै उत्तीर्ण भएका छन् । दलित आरक्षण सिटकाे काेही पनि सफल भएनन् । दलित अारक्षणतर्फ १ जना माग भएकाेमा काेही पनि उत्तीर्ण नभएका हुन् ।

लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीलाई बैंकले अन्तरर्वार्तामा सहभागी हुन आह्वान गरेको छ । बैंकका अनुसार अन्तरवार्ता असार २८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित