नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी सरकारको रणनीतिक योजना र कार्यक्रम कार्यान्वयनमा आम सञ्चार माध्यमको ठूलो भूमिका रहने बताउनुभएको छ ।

सिचुआन प्रान्तको विदेश विभाग कार्यालयद्वारा नेपाली पत्रकारका लागि आयोजित तालीम र अनुभव आदान प्रदान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आदिवासी तथा पछि परेका समुदायको जीवनस्तर उकास्न घोषणा गरिएका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रले हरतरहले सहयोग पु¥याउनुपर्छ भन्नुभयो ।

उक्त प्रान्तका गरिवी निवारण र अध्यागमन ब्युरोका उपप्रमुख लुओ युले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग र ऐतिहासिक धरोहरको संरक्षण नै विकास र समृद्धिको आधार हो भन्नुभयो ।

चीनको विदेश मन्त्रालयको आन्तरिक सुरक्षा विभागका कन्सुलर झिङओ मिङले नेपाल र चीन निकै घनिष्ठ र असल सम्बन्ध रहेको छिमेकी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले चीनको स्वसासित क्षेत्र तिब्बतको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिएको छ, जुन कार्यका लागि चीनले सधंै यसको प्रशंसा गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अघि बढाउन कोशेढुङ्गा सावित हुने कन्सुलर झिओङ मिङले उल्लेख गर्नुभयो ।

काठमाडौँसँग भगिनी सम्बन्ध रहेको चीनको बेइजिङ र सांघाइपछिको ठूलो विमानस्थल रहेको छेन्दुले पछिल्लो समय पूर्वाधार निर्माण र सूचना प्रविधिको विकासमा जोड दिएको छ । १३ दिने उक्त तालीममा १५ जना नेपाली पत्रकार सहभागी छन् ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित