गोर्खा अनलाइन रेडियो यूके,
लन्डन,
क्षेत्री समाज बेलायतद्वारा प्रत्यक वर्ष गरिंदै आएको हिउँदे भेटघाट, वार्षिक भेला २०१८ आउँदो जुलाई २८ तारिख शनिबारका दिन अल्डसर्टको कनेट स्कूलमा हुने भएको छ । सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले आफ्नो धर्म संस्कृति, परम्परा र रितिस्थितिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष बेलायतवासी क्षेत्री बंधुहरुको बीचमा वार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आइरहेकोछ । यसपटकको भेटघाटलाई सफल पार्न र बेलायतका विभिन्न स्थानहरुमा छरिएर रहेका क्षेत्री बन्धुहरुलाई उपस्थित गराएरा सबैलाई समेट्ने प्रयास रहेको समाजका महासचीव कुमार केसीले जानकारी दिएका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य रहने सो कार्यक्रममा बिविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिने साँस्कृतिक सचिव श्रीमती गीता रायमाझीले जानकारी दिएकीछन् । कार्यक्रममा राष्ट्रिय कलाकारहरुलाई समेत उपस्थित गराउने योजना रहेको छ । समाजका सल्लाहकार रामशरण सिम्खडाले आपसी हित र सद्भाव कायम राख्दै आफ्नो परम्परा र संस्कृतीलाई नयाँ पुस्तामाझ परिचय गराउन नेपाली संस्कृतिको जगेर्ना गर्नको लागि महत्वपूर्ण भूमिका निभाउने उक्त वार्षि भेटघाटमा सम्पूर्ण क्षेत्री बन्धुहरुलाई सपरिवार उपस्थिति हुनको लागि आग्रह गरेका छन् ।
कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
समाजका उपाध्यक्ष यज्ञ क्षेत्रीको संयोजनमा हुन् गइरहेको उक्त वार्षिक भेटघाटमा सम्पूर्ण बेलायातवासीहरुलाई उपस्थित हुनको लागी क्षेत्री समाज बेलायतले अनुरोध गरेको छ । कार्यक्रममा अन्य केहि विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहनेछ । नेपालका विभिन्न स्थानहरुबाट आएर बेलायतमा छरिएर रहेका बन्धुहरुबीच भातृत्व र एकता कायम गराउने उद्देश्यले वार्षिक भेटघाटको आयोजना गरिएको संयोजक क्षेत्रीले बताए । कार्यक्रमलाई सफल पार्नको लागि कार्यसमिति लगायत सम्पूर्ण सल्लाह्कारहरु लागिपरेको र कार्यक्रमको तयारी तोव्रा रुपमा अघि बढेको पनि क्षेत्रीले बताए । क्षेत्री समाज बेलायतले स्वदेश तथा विदेशमा रहेका आपतविपतमा परेकाहरुलाई सक्दो सहयोग प्रदान गर्दै आइरहेको छ । भूकम्प पीडित, बाढीपैरो, आगलागी जस्ता दैवी प्रकोपदेखी ठूलो बिरामी परेकाहरुलाई पनि निरन्तर सहयोग पुर्याउदै आइरहेको छ ।
त्यत्ति मात्र हैन सगरमाथाको आरोहणमा लागेका ५ जना प्रथम महिला पत्रकार टोलीलाई समेत सहयोग प्रदान गरेको थियो जसमध्ये ४ जनाले सफलतापूर्वक सगरमाथाको आरोहण गरिसकेका छन् । समाजले गरेको उल्लेखनीय कार्यको बारेमा समाजका अध्यक्ष्य राजन कुमार क्षेत्रीले भने, क्षेत्री समाजले मेरी क्षेत्रीको दुखद निधनमा पुर्याएको सहयोग, कलाकार दीपक क्षेत्रीको ज्यान बचाउनको लागि गरेको प्रयास होस् वा पप सम्राट ओम बिक्रम बिष्टको स्वास्थ उपचारमा होस अनि बाग्लुड्गकी शान्ती अधिकारिको दुबै मृगौला प्रत्यापरोपणमा सहयोग किन नहोस यस संस्थाले अग्रणी भूमिका निर्बाह गर्दै आएको छ र भविष्यमा पनि निरन्तर जारी रहने धारणा ब्यक्त गरे । सामाजिक हित र विभिन्न समस्याहरुलाई समाधान गर्ने उद्देश्यले समाजले छुट्टै आपतकालीन कोषको व्यबस्था गरेको छ । समाजले गत बर्ष जनवरी मा आयोजित आपत्कालिन राहतकोष संकलनार्थ आयोजित च्यरिटी भब्य र सभ्य कार्यक्रममा १६ लाख संकलन गरिएको थियो ।





