अमेरिकालाई आप्रवासी शिविर बन्न दिन्न ;ट्रम्प

बीबीसी । आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आफूले आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन्। ह्वाइट हाउसमा उनले भने, संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर बन्ने छैन्।

सप्ताहन्ततिर सार्वजनिक तस्वीरहरूमा आवश्यक कागजात नभएका बालबालिकाहरूलाई टेक्ससस्थित तारवार लगाइएको एउटा केन्द्रमा राखिएको देखिन्छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुखले त्यो अवस्था स्वीकार गर्न नसकिने खालको भएको भन्दै ट्रम्प प्रशासनको नीतिको भर्त्सना गरेका छन।

सोमबार राष्ट्रपति ट्रम्पले भने, हेर्नुस् युरोपमा के भइरहेको छ, अरू ठाउँहरूमा पनि के भइरहेको छ त्यो पनि हेर्नुस्, हामी अमेरिकामा त्यो हुन दिने छैनौँ।

यसअघि ट्रम्पले लाखौँ आप्रवासीहरूलाई बसोबासको अनुमति दिएर युरोपेली देशहरूले ठूलो गल्ती गरेको बताएका थिए। खासगरी उनले जर्मन चान्सर एंगेला मर्केलको नाम तोकेरै आलोचना गरे।

आप्रवासीसम्बन्धी विषयका कारण जर्मनहरू आफ्ना नेताहरूको विरोधमा उभिन थालेको ट्रम्पको भनाइ छ। मर्केल आफ्ना आन्तरिक मामिलामन्त्रीसँग आप्रवासी मुद्दालाई लिएर मतभेदमा छिन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित