तीनसातापछि शव आउँदा सिंगो गाउँ शोकमा

फलेवास, पर्वत – साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए ।

मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शवमा दागबत्ती दिनुभयो । रोजगारीका लागि विदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

मृतकको शव गाउँमा आएपछि सयौँ गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । “सिंगो गाउँ नै शोकमा डुबेको थियो”, स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पर्वतका नेता भक्त कँुवरले भन्नुभयो “शव देखेपछि आँशु नझार्ने कोही भएन ।”

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चारजनाले नसिवमाथि आक्रमण गरेका थिए । सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो ।

बीस महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर केसी पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहनुभएको थियो ।

केसी कुटपिट गरी हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहेपनि एकजनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारैजना दोषी भएपनि एकजनालाई जिम्मेवारी स्वीकार गर्न लगाई अन्य रिहा भएको सूचना आएको नेता भक्त कँुवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अपराधमा चारैजना संलग्न भएकाले उनीहरुका विरुद्ध कानूनी लडाइँ लड्नु पर्ने अवस्था आएको छ ।”
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित