Breaking News
Home > Blog > पासा पुच: गुठी साउथ इस्टको अध्यक्षमा पुन प्रजापति

पासा पुच: गुठी साउथ इस्टको अध्यक्षमा पुन प्रजापति

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । आइतवार प्लमस्टिड कमन स्थित मेन्स क्लबमा आयोजित गुठीको ७ औँ अधिवेसनले पासा पु:च गुठी साउथ इस्ट क्षेत्रको अध्यक्षमा सुशील प्रजापतिलाई पुन अर्को कार्यकालको लागि पनि चयन गरेको छ । तेस्तै गरि उपाध्यक्ष माधवलाल श्रेष्ठ , मदन श्रेष्ठ, रीता श्रेष्ठ, महासचिव नगेन्द्र श्रेष्ठ, सचिव भिम लक्ष्मी शाक्य, कला सचिव बिनोद चिपालु, सहसचिव सत्य प्रसाद प्रजापती, कोषाध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, सह कोषाध्यक्ष सोनी श्रेष्ठ, कार्यसमिति सदस्यमा धन माया महर्जन, इश्वर महर्जन , रमेश जोशी, कृष्ण बैद्य, राज कुमार शाक्य चयन भएका छन् । नयाँ कार्यसमिति चयनको लागि प्रमुख निर्वाचन आयुक्त कपिल श्रेष्ठ, निर्वाचन सचिव डा. सचेतन तुलाधर, सदस्यहरु ओजेश सिंह, जानकी कायस्थ, पर्यवेक्षकहरु संयुक्त श्रेष्ठ र रमेश श्रेष्ठको भूमिका रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पासा पुच गुठी युकेका अध्यक्ष कुमार श्रेष्ठ रहेका थिए भने अतिथीहरु लन्डन गुठीका अध्यक्ष कपिल श्रेष्ठ, उपाध्यक्ष ओजेस सिंह, पासा पुच गुठी युकेका उपाध्यक्ष जानकी कायस्थ, पासा पुच: गुठी रेडिंग अध्यक्ष रमेश श्रेष्ठ,संयुक्त श्रेष्ठ, सदस्यहरु सचेतन तुलाधर, साउथ इस्टका पुर्व अध्यक्ष देबेन्द्र श्रेष्ठ, मनिष श्रेष्ठ, चुत्र बहादुर श्रेष्ठको उपस्थिती रहेको थियो । संस्थाका सल्लाहकारहरु दिपक श्रेष्ठ, अम्मा मल्ल, सचिन श्रेष्ठ, जोहन नकर्मी, बिजय बज्राचार्य, कुमार जोशी तथा निर्वाचन समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । नेवारी संस्कृती झल्किने बिबिध कार्यक्रमहरु र खानाका परिकारको आयोजना गरिएको थियो । सोहि अवसरमा मिसेस नेपाल युनिभर्सकी बिजेता मनिसा डंगोल तथा नेपाल भाषाकी पत्रकार तथा अधिकार कर्मी लक्ष्मी शाक्यलाई सुशील प्रजापतिद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा संस्थाका पुनः निर्वाचित अध्यक्ष सुशील प्रजापतिले सबैमा धन्यवाद ज्ञापन गर्दै समापन मन्तब्य राखेका थिए । नेपाली र ब्रिटिश राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथी कुमार श्रेष्ठ र पासा पुच: गुठीका अध्यक्ष सुशील प्रजापतिले गरेका थिए । सोहि अवसरमा सत्यप्रसाद प्रजापति र सोनी श्रेष्ठले धिमे बाजा प्रस्तुत गरेका थिए ।
फोटो – सुशील प्रजापति/ फेसबुक

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1