गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । यही आइतबार वेल्सको कार्डिफमा सम्पन्न पहिलो भेलाले गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेले वेल्स राज्य परिषद गठन गरि रामचन्द्र पोखरेललाई संयोजक तोकेको छ । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रममा एनआरएन यूके कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, वेल्सस्थित विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधीहरुको उपस्थिति थियो । एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको थियो ।
परिषद्को नवगठित कार्यसमितिको उपाध्यक्ष खेम क्षेत्री, सचिव निरालाल मोक्तान , सहसचिव प्रकाश कंडेल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठ र सहकोषाध्यक्ष एकबहादुर आले चुनिएका छन् । सदस्यहरुमा दिपक लिम्बु, रामेश्वर देवकोटा , सिता राई, बलराम अधिकारी , डा जीवन केसी र मेमराज न्यौपाने चयन भए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई स्थानीय समाजसेवी बीर शंकर राईले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले वेल्समा पहिलोपटक एनआरएन यूकेको राज्य परिषद गठन हुनु संस्थाको लागि ऐतिहासिक उपलब्धी रहेको बताए । राज्य समन्वय विभागका संयोजक समेत रहेका ललित न्यौपानेले वेल्समा रहेका सम्पूर्ण नेपाली संघ संस्था तथा समुदायको सहभागितामा एनआरएन यूकेको परिषद गठन गरिएको बताए । एनआरएन यूके महासचिव आरके त्रिपाठीले ढिलै भएपनि एनआरएन यूके अन्तत: लन्डन र इङ्ग्ल्याण्डभित्रको सिमा कटेर बेलायतका अन्य क्षेत्रका नेपालीमाझ पनि पुग्न सफल भएको धारणा राखे । एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगरले एनआरएन अभियान एक स्वयंसेवी तथा समाजसेवी अभियान रहेको उल्लेख गर्दै समय र योगदान दिन सक्नेले मात्र कार्यकारी भूमिका लिनुपर्ने धारणा राखेका थिए ।
एनआरएन अगुवा तथा बुद्धिजिवी शिवजी श्रेष्ठले स्थापनाकालदेखिका डेढ दशक इङ्ग्ल्याण्डमा मात्र सिमित रहेको एनआरएन यूके अहिले साँच्चिकै सिंगो बेलायतभर फैलिन सफल भएको बताए । एनआरएन यूकेमा आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्न वेल्सवासी नेपालीहरुले १० वर्ष अघिदेखि निरन्तर प्रयास गरेको स्मरण गर्दै श्रेष्ठले वेल्समा गठन भएको परिषदको पुर्ण सफलताको कामना गरे ।
कार्यक्रममा एनआरएन यूके नर्दन आयरल्याण्ड राज्य परिषद संयोजक लिलाराम निउरे, एनआरएन यूके सलाहकारहरु दयानिधी सापकोटा, खुशीमान गुरुङ र नारायाण कंडेल, एनआरएन आइसीसी रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन, एनआरएन यूके सचिव तारानाथ भण्डारी, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, वेल्स नेपाली समाजका अध्यक्ष रामचन्द्र पोख्रेल, किरांत याक्थुङ्गका बद्री यॊङ्गा, कुम्ब्रान नेपाली समाज वेल्स सचिव एमपी चेम्जोङ्ग लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै वेल्स राज्य समन्वय परिषदको गठन हुन लागेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।वेल्सस्थित नेपाली समुदायका प्रतिनिधी तथा एनआरएन अगुवाहरुले परिषद गठनसंगै पहिलोपटक वेल्समा एनआरएन यूकेको प्रत्यक्ष उपस्थिति हुनु ऐतिहासिक भन्दै खुशी व्यक्त गरेका थिए । राज्य समन्वय परिषद्लाई एनआरएन यूकेको केन्द्रीय समितिमा पनि सहभागिता सुनिश्चित गर्न उनीहरुले माग गरेका थिए । कार्यकममा खुशी देवकोटा, प्रदिप सुवेदी , समिर अधिकारी, प्राजन पोख्रेल, शीर्षक काफ्ले, अबिजन देवकोटा, सिम्रन अधिकारी, आयुष्मा श्रेष्ठ, प्रान्जिल पोखरेल लगायतका कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । एनआरएन यूके राज्य समन्वय विभागका सचिव डा मुकुन्द बाँस्तोलाले कार्यक्रमको संचालन गरेका थिए भने वेल्स समन्वय परिषद गठन समितिका संयोजक प्रभु न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
तस्बिर: शिव भण्डारी





