Home > Blog > अफगानिस्तानमा युद्धविराम : विद्रोही र सुरक्षाकर्मीबीच अंकमाल र सेल्फी

अफगानिस्तानमा युद्धविराम : विद्रोही र सुरक्षाकर्मीबीच अंकमाल र सेल्फी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बीबीसी । इद पर्वका लागि दुबै पक्षले युद्धविराम गरेको अफगानिस्तानमा सरकारले तालिवानहरूसँगको एकपक्षीय युद्धविरामलाई निरन्तरता दिएको छ।

राष्ट्रपति असरफ गनीले उग्रवादीहरूलाई सरकारको अग्रसरतालाई स्वीकार गर्दै शान्ति वार्तामा आउन भनेका छन्।

इदको अवसरमा युद्धविराम गरिएपछि देखिएका अभूतपूर्व दृश्यमा विद्रोहीहरूले सुरक्षा फौजका सदस्यहरूसँग अंकमाल गरेका र नागरिकहरूसँग मोबाइलमा सेल्फी लिइरहेका थिए।

तर तालिबान र सरकारी अधिकारी जम्मा भएको एउटा भिडमा गरिएको आत्मघाती हमलामा २५ जना मारिएका छन्।

नाङ्गहारमा भएको उक्त हमलामा तालिबानका सदस्य र स्थानीय बासिन्दा बढी प्रभावित भएको र ५४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त क्षेत्रमा सक्रिय रहेको इस्लामिक स्टेट समूहले आफूले हमला गराएको बताएको छ।

टेलिभिजनमा गरिएको सम्बोधनमा राष्ट्रपति गनीले तालिबानहरूसँग ‘विस्तृत वार्ता’ गर्न सरकार तयार रहेको बताए।

‘ती सबै विषयहरू र अन्य मागका सम्बन्धमा हामी शान्ति वार्तामा कुरा गर्न तयार छौँ,’ उनले भने।

उनले इद अल फित्रका अवसरमा तालिबान र सरकारी फौजहरु तथा अधिकारीहरू एकै ठाउँमा उभिएकाले सबै जना शान्तिको पक्षमा रहेको पनि देखाएको उल्लेख गरे।

उनले युद्धविरामको अवधिमा तालिबानी लडाकूहरूलाई स्वास्थ्य र मानवीय सहायताहरू उपलब्ध गराइने र तालेबान बन्दीहरूलाई आफ्ना परिवारसँग भेट्न दिइने पनि उल्लेख गरे।

उनले सरकारले केही तालिबान बन्दीहरूलाई रिहा गरेको पनि बताए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शान्ति वार्ताले अन्तर्राष्ट्रिय शक्तिहरू र सुरक्षा फौजहरूका भूमिकाबारेमा पनि छलफल गर्नुपर्ने बताएका छन्।

यसै महिनाको सुरूमा तालिबानहरूले अफगान सरकारसँग गोप्य ढङ्गले उनीहरुले वार्ता गरिरहेको भन्ने विवरण अस्वीकार गरेका थिए।

राष्ट्रपति गनीले पाकिस्तानी तालिबानका कमाण्डर मौलाना फजलुल्लाहको अमेरिकी ड्रोन हमलामा बिहीवार निधन भएको पनि पुष्टि गरे।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1