Home > Blog > विश्वकपको कारण ताप्लेजुङका युवा बेपत्ता

विश्वकपको कारण ताप्लेजुङका युवा बेपत्ता

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

ताप्लेजुङ : अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ । राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे ।

यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । मेची राजमार्गको फुङलिङ–सुकेटार खण्डका विभित्र ठाउँमा पहिरो गएको छ ।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1