सत्तापक्षकै सांसद गरे बजेटको विरोध

काठमाडौं : प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका छन् । उनीहरुले बजेटका कारण आफूलाई जिल्ला फर्कन समेत गाह्रो भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद मोहन बानियाँले बजेटका कारण जिल्लामा गएर अनुहार देखाउन समेत समस्या हुने अवस्था सृजना भएको बताए । उनले ओक्रोशित हुँदै भने, ‘त्यो बजेट लिएर कसरी हामी जिल्ला फर्कने , यो अनुहार कसरी देखाउने ? कविताबाट बोल्न सुरु गरेका सांसद बानियाँले बजेटबाट आफूमा ज्वाराभाटा उठेको भन्दै आक्रोश पोखे । उनले भने, ‘भनौं भने घरकै बुहारी, नभनौं भने भ्रष्टै पारी’।

मुगुका सांसद बानियाँले वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रारा सम्बोधनमा घोषणा गरेको कुरा समेत बजेटमा नराखिएकोमा दुख व्यक्त गरे । ‘२०७५ साल वैशाख १ गते प्रधानमन्त्रीले रारामा गएर सम्बोधन गरेको कुरा पनि बजेटमा समावेश नगरिएको आरोप लगाउँदै बानियाँ भने,‘खोइ प्रधानमन्त्रीको रारा सम्बोधनको कुरा बजेटमा ?’

उनले रारा गुरुयोजनामा बजेटमा नपारिएकोमा गुनासो गरे । उनले भने,‘धर्तीको स्वर्ग रारा जान कति रमाउँछौ‌, रारा गुरुयोजनाको लागि बजेट छुट्याइदिनु पर्दैन थियो ?’ उनले बजेटमा मानव विकास सूचाङ्कमा पछि परेका जिल्लालाई प्राथमिकता नै नदिएको बताए ।

उनले अहिलेको बजेट विनियोजनले नेपाल अल्पविकसित राष्ट्रको सूचीमा उक्लन नसक्ने दाबी गरे ।दुर्गम क्षेत्र विकास समिति खारेज भएकोमा उनले विरोध जनाए ।

सत्ता पक्षकै अर्का सांसद गोपाल वमले बजेटमा मुगुलाई विभेद गरेको आरोप लगाए । ‘हामी तलब भत्ता खान मात्र आएका होइनौं, हामीलाई दिनुहोस् पनि भनेका हाेइनाै‌, जिल्लालाई मागेका हौं’ सांसद वमले भने, ‘मुगुलाई बजेटमा विभेद भएको छ, मन्त्री भएको जिल्लामा २४/२४ योजना पर्ने, अनि हामी खाली हात ? ।’ उनले कर्णालीप्रति सरकार अनुदार भएको आरोप समेत लगाए ।

नेकपाका सांसद अमनलाल मोदीले मुल्यवृद्धि अकासिएको भन्दै नियन्त्रण गर्न तत्काल सरकार लाग्नु पर्ने बताए । दैनिक उपभोग्य वस्तुको चरम मुल्यवृद्धि र हाहाकार भएको छ , उनले भने ,‘मुल्यबृद्धि र महँगाइमा मौनता होइन सशक्त अनुगमन हुनुपर्छ ।’
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित