Breaking News
Home > Blog > धादिङ-नुवाकोट समाजको साधार सभा सम्पन्न – गायिका मीना लामा सम्मानित

धादिङ-नुवाकोट समाजको साधार सभा सम्पन्न – गायिका मीना लामा सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

धादिङ र नुवाकोटबाट बेलायत आएर वसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूके (DNS UK) को ११औं बार्षिक साधारण सभा हिजो अल्डरसटस्थित गोर्खा किचनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सीबी तामाङको अध्यक्षतामा सम्पन्न सो साधारण सभा महासचिब धन बहादुर पाख्रिनले संचालन गर्नु भएको थियो । धादिङ-नुवाकोट-रसुवा क्षेत्रको मौलिक संस्कृतिलाई प्रवासमा समेत संरक्षण र संबर्धन गर्ने अभिप्रायले २०११ देखि अस्तित्वमा रहेता पनि बिगत २ महिना अघी मात्र संस्थागत आकार दिईएको ‘मेन्दोमायां परिवार’ का संस्थापक अध्यक्ष हरि सिंह गुरुङ तथा महासचिव बम ब्लदेनलाई स्वागत तथा सम्मानबाट शुरु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष देबी रानी गुरुङले गरेका थिए । विगतका वर्षमा भए गरेका कृयाकलापहरुको बिस्तृत प्रतिबेदन महासचिब धन पाख्रिनले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष दीप ब गुरुङले संस्थाको आयब्यय प्रस्तुत गरेका थिए । ब्यापक छलफल पश्वात हलले सर्बसम्मले प्रगती प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पास गरेको थियो । अध्यक्ष सी बी तामाङले संस्थाले अल्पकालिन तथा दीर्घकालिन रुपमा लिन पर्ने कार्य दिशाको बारेमा संस्थागत उधेश्य, लक्ष, कार्यदिशा र योजनाहरु प्रस्तुत गरेका थिए । च्यारीटी दर्ता संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले दर्ता प्रकृयाको बारेमा हाल सम्म भए गरेका प्रगति प्रतिबेदन प्रस्तुत गर्नु हुंदै सभामा उठेका जिज्ञासाहरुको जवाफ जवाफ दिएका थिए । संस्थाका संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्ब अध्यक्ष राम बहादुर गुरुङ, निवर्तमान अध्यक्ष बम ब्लदेन, सल्लाहकार त्रय रामशरण सिमखडा, मे (री) बिष्णु घले, मोतीमान बज्राचार्यले संस्थाको भावी कार्यक्रमको बारेमा आफ्ना धाराणा ब्यक्त गरेका थिए । आगामी ११ अगष्टमा ह्यारो फुटबल क्लब मा सम्पन हुन गै रहेको ‘बार्षिक समर भेटघाट’ लाई भब्यरुपमा सम्पन्न गर्न बिभिन्न उप-समितिहरु निर्माण गर्दै भब्यरुपमा साधारण सभाको समापन अध्यक्षबाट गरिएको थियो । कार्यक्रमको दोश्रो शत्रमा नेपाली कन्सर्टको लागी मगर संघ यूकेको निमन्त्रणामा ईन्द्रेणी सांस्कृतिक परिवारकी कार्यक्रम संचालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मीना लामालाई संस्थाक अध्यक्ष सी बी तामाङ, पूर्ब अध्यक्षहरु नारायण गुरुङ, राम बहादुर गुरुङ तथा मेन्दोमाया परिवारको तर्फबाट अध्यक्ष हरि सिं गुरुङले खादा, प्रमाण-पत्र तथा नगद सहयोगले सम्पान ब्यक्त गर्दै कला संस्कृती र जिल्लाको समेत पहिचानलाई उंचो राख्न कलाकार मीना लामालाई शुभ-कामन दिईएको थियो । सम्पानित कलाकार लामाले भावबिभोर हुंदै यो सम्मान र मायांलाई संधै शिरमा राखेर यहांहरुको भावनाको कदर गरि रहने प्रतिज्ञा समेत गरेकी थिइन् । ज्ञातब्य रहोस: धादिङ र नुवाकोट दुई जिल्लालाई समेटेर बनाईएको यस संस्था बिगत ११ बर्ष देखी बेलायतमा कृयाशिल छ र बिभिन्न समाजिक कृयाकलापमा कृयाशिल हुंदै आएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1