Home > Blog > प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बाबियाचौर, म्याग्दी- अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गर्नुभएको छ ।

दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका दलबहादुर पुर्जाले करीब रु तीन लाख लगानीमा दोवा जिपपार्कमा प्रतीक्षालय र त्यहाँदेखि १०० मिटर पक्की पदमार्ग निर्माण गर्नुभएको हो ।

बेलायती गोर्खा सैनिकका सेवानिवृत्त दलबहादुर र उहाँकी श्रीमती महामती पुर्जाले रु दुई लाख ६८ हजार ७०० लगानीमा पदमार्ग र प्रतीक्षालय बनाइ दिनुभएको वडाध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिनुभयो ।

सिमेन्ट र ढुंगाको प्रयोग गरेर बनाइएको पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ । भिरको बाटोमा पदमार्ग बनेपछि जिपपार्कदेखि दोवा गाउँमा आवतजावत गर्न स्थानीय बासिन्दालाई सुविधा पुगेको छ ।

पुर्जाले कैलाश मावि, दोवामा समेत रु दुई लाखको अक्षयकोष स्थापना गरेर उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुभएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी …