सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी गोष्ठी पोखरामा सम्पन्न

पोखरा- सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमूलक गोष्ठी’ आइतवार पोखरामा सम्पन्न भयो ।

प्रदेश नं ४ प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा भएको सो एक दिने गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका ट्राफिक प्रहरी प्रमुखलगायत अन्य सरोकारवाला निकायको सहभागिता थियो ।

सो अवसरमा प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सवारी दुर्घटना न्यूनीकरणका साथै सडक सभ्यताको अभिवृद्धिमा सबै सरोकारवाला निकायको सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गोष्ठीबाट आएका सुझाव एवं निष्कर्षलाई कार्यान्वयनका लागि पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले समग्र ४ नं प्रदेशअन्तर्गतको सवारी दुर्घटनाको अवस्था, सवारी चाप, ट्राफिक प्रहरीको जनशक्ति, सेवा प्रवाहमा देखा परेका चुनौतीलगायतका विषयमा जानकारी गराउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित