गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, मगर संघ यूको आयोजनामा बेलायतको फार्नबोरोस्थित फार्नबोरो फुटबल क्लबमा आयोजना गरिएको ‘ नेपाली ओपन कन्सर्ट २०१८’ भव्य रुपमा सम्पन्न भएको छ । हजारौंको संख्यामा उपस्थित दर्शकहरुको ठूलो घुइंचो लागेको थियो । बेलायतका नेपाली समुदायले गर्ने ओपन कन्सर्ट मध्ये यो नै एकमात्र ओपन कन्सर्ट हो । कार्यक्रम हेर्नका लागि बेलायतका विभिन्न स्थानहरुबाट नेपालीहरुले उपस्थिति जनाएका थिए । उक्त कार्यक्रमलाई मगर संघ युकेले सन् २००७ देखि निरन्तरता दिंदै आएको छ । कार्यक्रममा कलाकारहरु नेपाल आइडल टप फोर सागर आले, मिना लामा, विमलराज क्षेत्री, प्रिती आले, मन्सुधन थापा, कल्पना गुरुङ पुन लगायतको प्रस्तुति रहेको थियो ।
नेपाली कला संस्कृति र भेषभुषाको प्रवर्धन र सम्बर्धन गर्ने उद्देश्यले सम्पपूर्ण बेलायतवासी नेपालीहरुलाई समेटिएको उक्त कार्यक्रम एउटा ऐतिहासिक र भव्य कार्यक्रम बन्न सफल सावित भएको छ । मगर संघ यूकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न उक्त कन्सर्टमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बेलायतकी महारानीको जन्मोत्सवमा सहभागी भएर आइपुगेका राजदूत डा. सुवेदीले आफ्नो सम्बोधनका क्रममा बेलायतमा मिनी नेपाल बनाउन चाहेको बताएका थिए । साहित्य, मातृभाषा, कला, संस्कृति र परम्पराको सम्रक्ष्यण एवं सम्बर्धन गर्ने अभियानमा नेपालीहरु रहेकोमा आफू अत्यन्त खुसी रहेको बताएका थिए । यस्ता खालको कार्यक्रमले नेपालको माटो र मुटुको अटुट सम्बन्धलाई बिर्सिएको छैन भन्ने प्रमाणित गरेको राजदूत सुवेदीले बताए ।
कार्यक्रमकी विशेष अतिथिइ रसमोर डेपुटी मेयर सु कार्टरले नेपाली समुदायले आयोजना गरेको कार्यक्रमबाट आफू खुसि रहेको बताएकी थिइन् । कार्यक्रममा रसमुर बोरो काउन्सिलका डेपुटी मेयर सु कार्टर, लगायत साहित्यकार तथा गीतकार भावेश भुमरी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग फगामी,पत्रकार माहासंग युकेका अध्यक्ष नरेश खपांगी मगर,एनआरएन,आईसीसी सदस्य शान्ति थापा कुँवर, रामशरण सिम्खडा, एनआरएन यूकेका महासचिव आर के त्रिपाठी,तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्ग,सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला)’ ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य,समाजसेबी सुर्य गुरुङ, बिजय थापा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार लगायतको उपस्थिति थियो । कार्यक्रम संयोजक बोम थापा सूर्यवंशीले स्वागत मन्तब्य दियको सो कार्यक्रको संचालन महासचीव लाल पुन, तुल्चन्द्र तिलिजाले संचालन गरेका थिए । सोहि अवसरमा मगर संघ युकेको मुखपत्र कानुंग लांघाको समेत बिमोचन गरिएको थियो ।
दोस्रो चरण अन्तर्गतको सांकृतिक कार्यक्रम कल्चरल सेक्रेटरी तुल्चान्द्र तिलिजा पुन मगर, असिस्टेन्ट कल्चरल सेक्रेटरी दुर्गादेवी पुन, जानकी पुन, मिस यूके नेपाल सृजना गुरुंगले संचालन गरेका थिए ।तीन महिनाको अवधिभित्र दोस्रो पटक यूके आएको गायिका प्रिती आले पनि पचास सयको बीचमा कार्यक्रम गरेको अतीतलाई सम्झिदै दर्शकहरुको भीडले आफूलाई थप उत्साहित पारेको बताएकी थिइन् । प्रकाश सपुत्संगको दोहोरी ब्याटलमार्फत झन् चर्चामा आएकी प्रिर्तीले बाबरी, पन्चे बाजा लगायत दोहोरी गीत समेत प्रस्तुत गरेकी थिइन् ।
तेस्तैगारी केहि समयदेखि बेलायतमा नै रहेका लोक गायक विमलराज क्षेत्रीले पनि मगरकै चेलीसंगा बिहे गरेको साइनो गाँस्दै सुपारी चाम्रो, जापान तोकियो लगायतका आफ्ना हित नम्बरहरु प्रस्तुत गरेका थिए । तेस्तै पहिलो नेपाल आइडल टप फोर का सागर आलेले पनि जीवन हो घामछायाँ, हावा चल्यो सरर जस्ता थुप्रै गीतहरु प्रस्तुत गरेका थिए। गायिका मिना लामाको गीतमा पनि थुप्रै युवा तथा वृद्धहरु समेत झुमेका थिए । कार्यक्रमस्थलमा नेपाली उत्पादन तथा खानपीनको स्टलको पनि व्यबस्था गरिएको थियो ।
गैर आवासीय नेपाली संघ यूकेले निशुल्क स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले ब्लड प्रेसर तथा मधुमेह परिक्षण को व्यबस्था गरेको थियो । कार्यक्रमलाई व्यवस्थित गर्न र पाहुनाहरुको स्वागतको लागि आयोजकहरु पूर्ण रुपमा सक्रिय देखिन्थे । नेपाली भेषभुषा र रहनसहनको माहोलका कारण नेपालमै रहेको जस्तो महसुश गर्न सकिन्थ्यो । मिडियाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो भने फेसबुक लाइभ मार्फत विभिन्न स्थानहरुबाट कार्यक्रमलाई नियाल्नेहरुलाई निकै सहज बनेको थियो । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।

प्रिती आलेको प्रस्तुति हेर्नुहोस ।





