Home > Blog > किम जोङ उन सिङ्गापुर पुगे

किम जोङ उन सिङ्गापुर पुगे

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सिङ्गापुर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन्।
किमले आइतबार नै यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी समेत गरेका छन्। यो समाचारको सिङ्गापुरको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ। उक्त मन्त्रालयले आइतबार उत्तर कोरियाली नेता र सिङ्गापुरका राष्ट्रपतिबीच भेटवार्ता हुने जनाएको छ।

साथै उक्त मन्त्रालयले सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र सिङ्गापुरका राष्ट्रपति बीच पनि भेटवार्ता हुने तय भएको जानकारी दिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प भने क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार क्यानाडा पुगेका थिए। उनी त्यतैबाट सिङ्गापुर जादैंछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ। अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ। उक्त वार्ता भइरहेको बेला ट्रम्प र किमको सुरक्षा गोर्खा प्रहरीले दिनेछ।

सिङ्गापुर सरकारले पनि यस वार्ताकोे अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ। उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ।

अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ता नाम दिइएको यस बैठकप्रति विश्वको नै चासो बढेको छ। यस वार्ताको बारेमा विश्वकै सञ्चारमाध्यमहरुले पनि चर्चा गरिरहेका छन्।

यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन्।
यसैबीच सिङ्गापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौँ देशका पत्रकारहरु पनि सिङ्गापुरमा जम्मा भएका छन् पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन्।

यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकारहरु पुगेका समाचारहरु आइरहेका छन्।

यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ। कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ।

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो।

सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो। यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ।

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ।
एएफपी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी …