काठमाडौं । गोप्य रुपमा नेपाली राहदानी राखी ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित रोल्पा मावि गाउँपालिका–४ घर भएका प्रेम बहादुर विकलाई राहदानी राखी ठगेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
होटल स्वर्गद्धारीमा अवैध रुपमा नेपाली राहदानी राखी ठगी गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
होटलमा लुकाई राखेको ४० थान राहदानी फेला परेको थियो।
डिसी नेपाल





