हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाबाट आज बिहान कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त फरार भएका छन् ।
ज्यान मार्ने अभियोग लागेका खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य परियार फरार भएकामा बुढालाई कर्णाली पारिको मेलगाढाबाट आजै नियन्त्रणमा लिइसकिएको र परियारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताउनुभयो ।
रासस





