प्रतिबन्धित गाडी गुडाउन मन्त्रीकै चलखेल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित दसार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । २० वर्ष नाघेका प्रतिबन्धित सवारी साधनलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।
विभागले गत चैत १ गतेदेखि २० गतेसम्म पुराना सार्वजनिक सवारीलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो । ०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो ।

यातायात व्यवसायीको दबावमा मन्त्री महासेठले यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णय उल्टाउन लागेका छन् ।

काठमाडौं उपत्यकाबाट ०७३ फागुन १८ देखि २० वर्ष नाघेका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो । देशभर भने यो निर्णय गत चैत १ देखि कार्यान्वयनमा ल्याइएको थियो ।
नागरिक दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित