सुनसरी — सुनसरीको कोशी गाँउपालिका–७ का ३५ वर्षीय लक्ष्मीनारायण खत्वे मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार घरबाट भैंसी चराउन निस्केका उनी बेलुकीसम्म नफर्केपछि परिवारले खोजतलास गर्दा शनिबार कोशीले कटान गरेको भंगालोमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कान्तिपुर





