नयाँदिल्ली । दुइ दिने भारत भ्रमणमा रहेकाका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीसँग भेट वार्ता गरेका छन्। मुखर्जी निवास दिल्लीमा भएको भेटमा आपसी हितको बारेमा छलफल भएको परिवार दलका भारत संयोजक कृष्ण अधिकारीले जानकारी दिए।
भेटमा पूर्व राष्ट्रपति मुखर्जीले नेपाल र भारतबीकाे सम्बन्ध विशिष्ट र अतुलनीय भएको उल्लेख गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे। अध्यक्ष ढकालले पूर्व राष्ट्रपति मुखर्जीलाई अनुकुल समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्। मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए।
भेटमा भरतीय राज्य सभाका सांसद भुवनेश्वर कलिता पनि सहभागी थिए। ढकाल इन्टर नेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष पनि हुन्।
डिसी नेपाल





