काठमाण्डौ -युक्रेनी नागरिकले अवैध मुद्रा क्रिप्टोकरेन्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सगरमाथाको चुचुरो पुर्याएर स्वदेश फर्काउँदासमेत राज्य संयन्त्रले अत्तोपत्तो पाएन । राष्ट्र बैंकले अवैध घोषणा गरेको डिजिटल मुद्रा क्रिप्टोकरेन्सी चार युक्रेनी अारोहीको टोलीले दुई महिना अवधिमा सगरमाथाको चुचुरो पुर्याएर स्वदेश फर्किएको थियो ।
संसारको सर्वोचच शिखरसम्म अवैध सामग्री पुग्दा पनि राज्य संयन्त्रले भने कुनै भेउ पाएको देखिन्न । पर्यटन विभागका प्रवक्ताले अवैध वस्तु सानो भएकाले नदेखिएको दाबी गरे । चुचुरोमा बर्सेनि अवैध गतिविधि हुने गरे पनि विभागले कुनै चासो देखाएको छैन ।
अन्नपूर्ण





