काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालीमाटीले हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ।
वृत्तको टोलीले हुण्डीको कारोबार गर्दै गर्दा रौतहट घर भई हाल सानेपा बस्ने २४ वर्षीय दीपेशकुमार यादव र २४ वर्षीय राजनकुमार गुप्तालाई र भारत घर भई कालीमाटी बस्ने रोहित पटेललाई बिहीबार नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ।
जसमध्ये यादव र गुप्ताले रु सात लाख हुण्डीको कारोबार गरेको र पटेलले १४ तोला सुनको ढिक्का र डेढ किलो चाँदी कारोबार गरेको प्रहरीले जनाएको छ।
यादव र गुप्तालाई पटेलले पैसा दिएको अनुसन्धानमा खुलेपछि प्रहरीले पटेललाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल





