पाल्पा। पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। तानसेनको लक्ष्मि बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको समूह लिएर रामपुरका विभिन्न सहकारीको अवलोकन गर्न हिँडेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार बिहान रभ्भा गाउँपालिका ४ हुमिनमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १० जना घाईते भएका छन्।
दुर्घटनामा परि मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, डिभिजन सहकारी कार्यालय पाल्पाका अध्यक्ष तानसेन ४ का कृष्ण बहादुर बोहोरा, तानसेन ३ का छत्रराज शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ का कृष्णमान बज्राचार्य, तानसेन ६ का सचिव बज्राचार्य, तानसेन २ का लोकप्रसाद ढकाल, तानसेन ३ की बसन्ती खाँण, तानसेन ६ का गिता बुढाथोकी, तानसेन ३ की कमला कार्की र तानसेन ५ की दुर्गा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घाईतेहरुमा बस चालक अर्जुन थापा, सहचालक विमल रञ्जन, प्रफुल्ल शर्मा, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मुना सारु, मिना खाम्चा, प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्राचार्य रहेका छन्।
घाईतेहरुको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ। घाईते बस चालक अर्जुन थापालाई काठमाडौं लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ। बसमा सवार यात्रुबारे हुन सकेको छैन। दुर्घटनाले तानसेन शोकमा डुबेको छ। पाल्पा अस्पतालमा मृतकका आफन्त तथा तानसेनबासीको बाक्लो भिडभाड देखिन्छ।
डिसी नेपाल





