तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

विराटनगर- आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमका अनुसार गतवर्ष सो अवधिमा रु तीन अर्ब ४४ करोड ५६ लाख १७ हजार राजश्व संंकलन गरिएको थियो । संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ११ करोड ९३ लाख ३७ हजार, बहाल करतर्फ रु सात करोड ४० लाख ८२ हजार, ब्याजकरतर्फ रु चार करोड ८७ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु ९६ करोड ३२ लाख ५० हजार, अन्तःशुल्क करतर्फ रु एक अर्ब ४८ करोड ९० लाख ९८ हजार, स्वास्थ्य सेवा करतर्फ रु नौ करोड ५७ लाख १८ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ५५ लाख ५७ हजार रहेको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित