नेपाल ब्रिटेन डट कमले एघारौँ वार्सिकोत्सव एवं सम्मान कार्यक्रमको आयोजना गर्दै

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी जुलाई २२ का दिन एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । पहिलो दिनदेखि नै यो आम प्रवासी नेपालीको भरपर्दो सञ्चार माध्यमका रूपमा लोकप्रिय रहँदै आएको छ । निष्पक्ष र खोजमूलक सूचना सम्प्रेषण गर्नुका अतिरिक्त नेपालब्रिटेनडटकमले विभिन्न समयमा नेपाल र नेपाली समुदायलाई लक्षित गर्दै लोककल्याणकारी र परोपकारी कार्यसमेत गर्दै आएको छ । यसैको शृङ्खलामा थपिने गरी एघारौँ वार्षिकोत्सवको अवसर पारेर नेपालमा बौद्धिक अपाङ्गता अर्थात् सुस्त मनस्थितिका बालबालिकाका निम्ति आवास र शिक्षा तथा तालीम प्रदान गर्दै आएको संस्था हेटौँडाली परिवार फेमिलिया दी हेटौँडालाई सहयोगार्थ च्यारिटी कार्यक्रम गरिने नेपालब्रिटेन डट कमका सम्पादक नारायण गाउँलेले वताए । यो संस्था हेटौँडामा अवस्थित छ ।
बौद्धिक अपाङ्गता ९ष्लतभििभअतगब िमष्कबदष्ष्तिथ० बारे नेपालमा कममात्र बहस हुने गरेको र यसबाट पीड़ित बालबालिकाको सामाजिक, पारिवारिक र शैक्षिक अवस्था दयनीय रहँदै आएको छ । अशिक्षा, चेतनाको अभाव, गरिबी र पूर्वाधार अभावजस्ता कारणले त्यस्तो समस्या भएका बालबालिकाको उपेक्षामात्र होइन तिरस्कारसमेत हुने गरेको छ ।

स्पेनमा जन्मेर हाल नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएकी आईना बार्काले अनेक सङ्घर्षपछि जन्माएको आशा स्कुलले हाल ३५ जना त्यस्ता विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ ।

यसअघि डेनमार्कमा सम्पन्न एनआरएनए, युरोप क्षेत्रीय बैठकले समेत उक्त संस्थालाई सहयोग गरेको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी लगायत जापान, अमेरिका, अस्ट्रेलिया लगायतका देशका एनआरएन नेताहरु सहभागि हुने भएका छन् । कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडा, एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी रहेको एक उच्चस्तरिय समिति समेत गठन भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित