गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । गैर आवासीय नेपाली संघ यूकेले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लगायत पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित कार्यसमितिलाई गत आइतबारका दिन एक विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरेको छ । लण्डनको अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा प्रमुख अतिथी एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले (एमबीइ), एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले सम्मान गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा बोल्दै पत्रकार महासंघ बेलायतको चौथो अधिवेशनका लागि बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले पत्रकार भनेको समाजकै अंग हो र कुनै विशिष्ट व्यक्ति नभएको बताएका छन् । पत्रकारले समाजलाई फुटाउने होइन जुटाउने काम गर्नुपर्ने धारणा पनि ब्यक्त गरेका थिए । कार्यक्रमको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
पूरा सुन्नको लागि तलको भीडीयो हेर्नुहोला ।





