गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । गैर आवासीय नेपाली संघ यूकेले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लगायत पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित कार्यसमितिलाई गत आइतबारका दिन एक विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरेको छ । लण्डनको अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा प्रमुख अतिथी एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले (एमबीइ), एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले सम्मान गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा बोल्दै पत्रकार महासंघ बेलायतको चौथो अधिवेशनका लागि बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष्य गोबिन्द आचार्यले पत्रकारिता भनेको समाजको शिक्षक भएकोले समाजलाई सहि मार्गदर्शन दिनको लागि पत्रकारको ठूलो भूमिका रहेको बताएका थिए । कार्यक्रमको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
पूरा सुन्नको लागि तलको भीडीयो हेर्नुहोला ।





