एजेन्सी। यदि तपाइँ सोच्नुहुन्छ कि बाँदरका कारण नेपाल वा भारतमा मात्र मानिसहरु हैरान हुन्छन् भने तपाइ गलत हुनुहुन्छ । अहिलेसम्म बाँदरले खानेकुरा चोरेको मात्र तपाइले सुन्नुभएको होला तर तीनमा निकै विचित्र घटना भएको छ ।
चीनको सिचुआनको माउण्ट एमीको एउटा घिडियो निकै भाइरल भइरहेको छ । यो पर्यटकीय स्थल हो र यहाँका बाँदर निकै चकचके हुने बताइएको छ । हालै एक पर्यटक यहाँ घुम्न आएका थिए । यस क्रममा एक बाँदरले उनको पर्स चोर्यो । पर्स लिएर बाँदर नजिकै रेलिङमा गयो । बसेर बाँदरले पर्स खोतल्न थाल्यो । उसले पर्सबाट सबै पैसा निकालेर हावामा उडाइदियो । केही बेरमा खाली पर्स भुइमा फालेर बाँदर त्यहाँबाट जान्छ ।
डिसी नेपाल





