छतबाट खसेर बालिकाको मृत्यु

भक्तपुर,- भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित प्रेमप्रसाद सुवालको तीनतले पक्की घरको छतबाट खसेर आज छ वर्षीया बालिकाको मृत्यु भएको छ ।

काभ्रे कोशीपारि घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने विकास लामाकी छोरी लमी लामा छतमा खेल्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो ।

छतबाट खसेर घाइते भएकी लामालाई उपचारका लागि उनकै बुबाले मध्यपुर अस्पताल लगेकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

घटनाको महानगरीय प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको प्रनाउ प्रसार्इंले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित