खुशी लिम्बुलाई कारवाही गर्न पत्रकार महासंघ युकेको तयारी

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अधिवेशनका अवसरमा हातपात तथा स्टेजको माइक खोसेको निन्दनीय कार्यका कारण नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव खुशी लिम्बुविरुद्ध कारवाही अघि बढाइएको छ । पत्रकार महासंघ यूके शाखाका नवनियुक्त अध्यक्ष नरेश खपाङ्गी मगरले जारी गरेको विज्ञप्तिअनुसार लिम्बुविरुद्ध महासंघले अनुशासनको कारबाही अघि बढाएको र लिम्बु सम्बद्ध अन्य संघ संस्थालाई पनि कारबाहीका लागि आग्रह गरिएको हो ।
लिम्बु संलग्न संस्था नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ यूके, नेपाली जनसम्पर्क समिति यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके शाखालाई कारबाहीका लागि बोधार्थ पत्र दिइएको छ ।

अध्यक्ष खपाङ्गीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–

‘नेपाल पत्रकार महासंघ युके शाखाका नवनिर्वाचित सञ्जयभक्त कँडेललाई नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव खुशी लिम्बुले महासंघको चौथो अधिवेसन समाप्तिपछि सम्मेलनस्थलमै हातपात गरेको घटनाप्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि विषयमा असहमति भए छलफल, सम्वाद, वार्ताबाट नै समाधान गर्न सकिने विकल्प हुँदाहुँदै राजनीतिक तथा सामाजिक जिम्मेवारीमा बसेको व्यक्ति यसरी शारीरिक आक्रमणमा नै उत्रिनु अत्यन्तै निन्दनीय कार्य हो । नेपाल पत्रकार महासंघ युके यस घृणित कार्यको भर्त्सना गर्दछ र सम्बन्धित संघसंस्थासँग निजमाथि आवश्यक कारबाही गर्नका लागि माग गर्दछ । साथै, निजमाथि नेपाल पत्रकार महासंघ युके शाखाले अनुशासनको कारबाही अगाडि बढाएको समेत जानकारी गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित