उत्तर कोरियाले ध्वस्त पार्‍यो परमाणु भट्टीको सुरुङ

काठमाडौँ: उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ बिहीबार विस्फोट गराएर ध्वस्त गरेको छ। उत्तर कोरियाले विभिन्न विदेशी पत्रकारहरुको उपस्थितमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर ध्वस्ता पारेको हो ।

स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको हो ।

यो सुरुङ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा आगामी जुन १२ मा वार्ता हुनुअघि विश्वासको वातावरण बनाउन ध्वस्त बनाएको हो ।

उत्तर कोरियाको यो परमाणु सुरुङ पुन्गेरीमा रहेको छ। जहाँबाट उत्तर कोरियाले अमेरिकासम्म हान्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङबाट कालो शिशाले छोपिएको रेलमा राखेर करिब १२ घण्टा यात्रा गराएपछि परमाणु भट्टी भएको ठाउँमा पत्रकारहरुलाई पुर्‍याएको थियो ।

स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार परमाणु भट्टी रहेको सुरुङ ध्वस्त गरिएको दृश्य विदेशी पत्रकारहरुलाई ५ सय मिटरको दुरीबाट हेर्न दिइएको थियो । उत्तर कोरियाली सैनिक ठुलो आवाजको विस्फोट सुरुङमा गराएका थिए ।

‘सुरुङ भित्रको आवाज एकदमै ठुलो थियो’, उनले भनेका छन्, ‘विस्फोटपछि निस्केको धुवाँ र धुलो र ताप पनि हामी भएको स्थानसम्म आयो । यो भय‌ंकर ठुलो आवाज थियो ।’
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित