अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै

काठमाडौँ- अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्र संघले यस वर्ष मनाउन लागेको उक्त कार्यक्रममा वैशाख दिवसका लागि अन्तर्राष्ट्रिय परिष्दको निमन्त्रणामा विभिन्न सम्प्रदायका बौद्ध गुरु त्यसतर्फ जानुभयो । यही जेठ ११ देखि १३ गतेसम्म चल्ने महोत्सवमा बौद्धदर्शनले शान्ति तथा समृद्धि कायम गर्नका लागि जनजीवनमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले छलफल गर्नेछ ।
महासचिव कौडण्यले नेपालमा पछिल्लो पटक भइरहेको बौद्धदर्शनको विकास तथा त्यसको अभ्यासका बारे सहभागी राष्ट्रलाई जानकारी दिने थाहा भएको छ ।

थाइल्याण्डका राजा भजिरालोङकर्न बोदिन्द्रदेवयभराङकुनलाई महासचिव कौडण्यले नेपालबाट लगिएका बुद्धमूर्ति उपहारस्वरुप प्रदान गर्नुहुनेछ । अघिल्लो वर्ष सो महोत्सव श्रीलंकामा भएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित