मन्त्री यादवद्वारा कारागार निरीक्षण

गौशाला- प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज महोत्तरीको जलेश्वरस्थित कारागारको स्थलगत निरीक्षण गर्नुभएको छ ।

महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिन मन्त्री यादवले स्थलगत निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि मन्त्री यादवले कारागारको भौतिक संरचना अति जीर्ण, बाढीको बेला डुबानमा पर्ने, अत्यधिक गर्मी, बर्सात र अन्य विभिन्न समस्याको सामना गर्दै कष्टकर जीवन बिताउनु परेको बताउनुभयो । उहाँले कैदीको सुरक्षित बसोबास, क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रम चाँडै व्यवस्थापन गर्ने बताउनुभयो ।

मन्त्री यादवले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

उक्त अवसरमा जेलर शोभेन्द्र ठाकुरले मन्त्री यादवलाई कारागारका विभिन्न समस्याबारे अवगत गराउनुभएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित