किमसँगको वार्तामा आशङ्का

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच तय भएको शिखर बैठकबारे अन्योलता देखापरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित मितिमा वार्ता हुनेमा शंका व्यक्त गरेका छन् ।

यसअघि ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता गर्ने तय भएको थियो । तर एकपक्षीय रुपमा निःशस्त्रीकरण गर्न शर्त राखिएको भन्दै उत्तर कोरियाले वार्तामा बस्न असन्तुष्टि जनाउँदै आइरहेको छ ।

यही अन्यौलताको बीचमा ट्रम्पले उत्तर कोरियाले शर्तहरु पूरा नगरे अर्को महिना हुने भनिएको शिखर वार्ता नहुने बताएका हुन् ।

तथापि, अमेरिका र उत्तरकोरियाको द्वन्द्व मिलाउन मध्यस्थकर्ताको भूमिकामा देखिएका दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन प्रयासरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । बीबीसीका अनुसार, मुनले यही मामलामा ट्रम्पलाई भेटेका छन् । यो भेटका क्रममा शिखर बैठकका छलफलका एजेण्डा तय हुने अनुमान गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित