गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, भर्खरै मात्र सफल प्रदर्शनी गरिएको ऐतिहासिक नाटक भीमसेन थापालाई दर्शकहरुले अत्यधिक रुचाएका कारण बेलायतका विभिन्न स्थानहरुमा पुन: मन्चन गरिने निर्देशक एवं बरिष्ट नाट्यकर्मी सनम कुमार बैरागले बताएका छन् । युग कवि सिद्धिचरण श्रेष्ठद्वारा रचित प्रधानमन्त्री भीमसेन थापाको जीवनीको कथामा आधारित नाटक ‘भीमसेन थापा’ लन्डनमा सफलताका साथ् मन्चन गरि सकिएको छ ।
यसघि पनि बेलायतमा दुई नाटक “समय दृश्य” र “ जिगीषा” मार्फत सफलता प्राप्त गरिसकेका नाट्यकर्मी एवं निर्देशक सनम कुमार बैरागले उक्त नाटकको निर्देशन गरेका हुन् । झन्डै तीन दशक लामो रंगमंचको यात्रा पार गरिसकेका र रंगमंचको क्षेत्रमा नेपालमा आफ्नो छुट्टै पहिचान बनाइसकेका सनम कुमार बैरागले ऐतिहासिक नाटक भीमसेन थापामा भीमसेन थापाको प्रमुख भूमिका निर्देशक आफैले गरेका छन् ।
भीमसेन थापा युग कवि सिद्दीचरण श्रेष्ठको रचनामा प्रकाशक दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान र खगेन्द्र नेपालीको अडियो बुकमा आधारित रहेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको आतिथ्यमा मे १२ र १३ का दिन बेलायतमा नाटक भीमसेन थापाको सफल प्रदर्शन गरिएको थियो । उक्त नाटकमा निर्देशक सनम कुमार बैराग, दुर्गा गुरुङ, सुरेश श्रेष्ठ, अभिषेक बैराग र सुसान गुरुङको जोडदार अभिनयले गर्दा दर्शकको मन जित्न सफल भएको छ ।
भीमसेन थापाले नेपालको कुशल र साहसिक प्रधानमन्त्री बन्नुअघि १८०६ सालदेखि १८३७ सम्म राजा रणबहादुर शाहको सुरक्षा र निजी सचिवको काम गरेका थिए । दरबारको खिचातानीका कारण विभिन्न आरोप प्रत्यारोपमा भीमसेन थापालाई जेल हालिएको थियो । जेलमा रहँदा उनकी श्रीमतीलाई दुव्र्यवहार गरेको खबर सुनाइएपछि खप्न नसकी भीमसेनले तरबारले सेरिएर आत्महत्या गरेका थिए ।
गोर्खा जिल्लामा जन्मेका भीमसेन थापाले काठमाडौमा भएको ९ तले धरहराको निर्माण गरेका हुन् जुन महाभूकम्पका कारण ध्वस्त भएको थियो, । यिनै विविध पक्ष्यलाई निर्देशक सनम कुमार बैरागले नाटकको रुपमा प्रस्तुत गरेका छन् । नाटकलाई उत्कृष्ट प्रदर्शन गरे बापत दुबसु प्रतिष्ठानकी अध्यक्ष पुनम राज्यलक्ष्मी सुवेदीले टिमका खगेन्द्र नेपाली, ज्ञानेन्द्र राउत, सनम कुमार बैराग, दुर्गा गुरुङ, अभिषेक बैराग, सुरेश श्रेष्ठ, सुसान गुरुङलाई खादा, शान्तिको प्रतीक बुद्धको मूर्ति र पुस्तकसहित सम्मान गरेकी थिइन् ।
बेलायतका बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले पनि नाटकको प्रशंसा गरेका थिए ।
फोटो- युद्ध पुन
ऐतिहासिक नाटक भीमसेन थापाको बेलायतमा पुन: प्रदर्शन
ऐतिहासिक नाटक भीमसेन थापाको बेलायतमा पुन: प्रदर्शन
तपाईको प्रतिक्रिया





