सुनसरी — इटहरी उपमहानगरपालिका–६ पूर्वलाइनस्थित दुई कपडा गोदाममा आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
इटहरी प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट मगदराज श्रेष्ठ र समुद्र राईको दुई बेग्ला बेग्लै कपडा गोदाम जलेर पुरै नष्ट भएको छ ।
श्रेष्ठ र राईले रामप्रसाद काफ्लेको घर भाडामा लिएर होलसेल कपडाको गोदाम बनाएका थिए । कपडाको होलसेल गोदाम जल्दा सबैभन्दा बढी समुद्र राईको क्षति भएको प्रहरीले जनाएको छ । समुन्द्र राईको तयारी कपडा पसलको झण्डै २ करोड बढीको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
आगलागी आइतबार राति १२ बजेर ३५ मिनेटमा सुरु भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएको केही समयपछि घट्ना थाहा पाए लगतै इटहरी, धरान, इनरुवा र सु्न्दरहरैचाको पाच दमकलले राती सवा दुइ बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको थियो ।
कान्तिपुर





