पाँच वर्षमा पाँच हजार मेगावाटः प्रसारण लाइन उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राख्दै विद्युत् उत्पादन तथा प्रसारणलाई प्रमुख प्राथमिकतामा राखेको छ।

सरकारको तयारीका आधारमा आगामी तीन वर्षभित्र तीन हजार र पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

यस्तै आगामी दश वर्षभित्र सरकारी तथा निजी क्षेत्रसमेतको सहयोगमा करीब १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसमा जलाशय, नदी प्रवाही तथा वैकल्पिक ऊर्जाका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल तीन हजार ५०० मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको छ। यस्तै पाँच हजार मेगावाट क्षमताका आयोजनाको निकट भविष्यमा नै विद्युत् खरीद सम्झौता गर्ने तयारी गरिएको छ।

सरकारले सौर्य, वायु तथा थर्मल ऊर्जा उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेको तथा नदी प्रवाही, जलाशयुक्त, अर्धजलाशययुक्त आयोजनामा समेत विशेष ध्यान दिने छ।

सरकारले नै प्रसारण लाइन निर्माणलाई सबै प्रकारको साधन तथा स्रोत उपलब्ध गराउने भएको छ। हाल रणनीतिक महत्वका ४५ प्रसारण लाइन निर्माण भइरहेका छन्। अधिकांश प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या रहँदै आएको छ।

यस्तै कतिपय प्रसारण लाइन निर्माणमा स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै गुनासो गरेर अवरोध गरेका छन्।

सोलु करिडोर, काबेली करिडोर, त्रिशूली-काठमाडौँ, हेटौँडा-भरतपुर, भरतपुर-बर्दघाट, ढल्केबर-हेटौँडा-इनरुवा प्रसारण लाइनमा समेत त्यस्तै प्रकारको समस्या छ। प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि सरकारले नीतिगत रुपमा नै सुधार गर्ने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको श्वेतपत्रमा समेत प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि कडा नीति अख्तियार गर्ने लक्ष्य राखिएको थियो। मन्त्रालयले देशभर नै साना ठूला गरी करीब १०० प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ।

ठूला प्रसारण लाइन प्राथमिकतामा
सरकारको नीति तथा कार्यक्रममा ठूला प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। हालसम्म ४०० केभी क्षमताका मात्रै प्रसारण लाइन निर्माण भइरहेकामा त्यसलाई बढाएर ७६५ केभी क्षमतामा निर्माण गरिने भएको छ।

बढ्दो ऊर्जाको माग व्यवस्थापन तथा सहज उपलब्धताका लागि ठूला क्षमताका प्रसारण लाइन जरुरी रहेको सरकारको बुझाइ छ। विशेष गरी पूर्वपश्चिम राजमार्गको समानान्तर रुपमा ठूला क्षमताका प्रसारण लाइन निर्माण गरिनेछ। यस्तै रसुवागढी-काठमाडौँ, वीरगञ्ज करिडोरमा समेत ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यस्तै कर्णाली, गण्डकी र कोशी करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने नीति लिएको सरकारले चीन र भारत जोड्ने गरी अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको छ। नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन तथा रसुवागढी-त्रिशूली-काठमाडौँ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ। ऊर्जामा आत्मनिर्भर बनाउने र निर्यात गर्दै जाने लक्ष्यसमेत सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

त्यसैगरी दश वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत बढाउने लक्ष्यसमेत सरकारको नीति तथा कार्यक्रममा समावेश छ। हाल प्रतिव्यक्ति विद्युत् खपतदर ११० वाट रहेकामा दश वर्षभित्र एक हजार ५०० किलोवाट÷घण्टा पु¥याउने लक्ष्य राखिएको छ।

यस्तै आगामी पाँच वर्षभित्र उत्पादनका सबै क्षेत्र, सार्वजनिक यातायात सेवा र अन्य पूर्वाधारका क्षेत्रमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गरिने छ। सरकारले सार्वजनिक निजी क्षेत्रको लगानीबाट साना, मझौला र ठूला जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ। त्यस्तै सम्भाव्यस्थलमा सौर्य, वायु ऊर्जा र भूतापीय ऊर्जाको विकास तथा विस्तार गर्ने कार्यलाई समेत प्राथमिकतामा राखिएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित