Home > Blog > रातो पासपोर्टमा कडाई

रातो पासपोर्टमा कडाई

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले संसद् सचिवालयलाई पत्राचार नै गरेर रातो पासपोर्टमा कडाइ गरिएको जानकारी गराएको छ ।पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रममा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लागि सांसदको नाम सिफारिस नगर्न आग्रह गरेको छ । विभागको आग्रहअनुसार भ्रमणका आधार र कागजात पेस नगरी सिफारिस मागेका ७ सांसदलाई सचिवालयले सिफारिस नदिएको स्रोतले जनायो । सांसदहरू कृष्णकुमार श्रेष्ठ, भूपेन्द्र थापा, टेकबहादुर बस्नेत, सानु शिवा, ध्रुवकुमार शाही, राजेन्द्रकुमार राई र उमादेवी न्यौपानेलाई सचिवालयले सिफारिसपत्र दिएको छैन ।पासपोर्ट बनाउन चाहने सांसदले आफ्नो पार्टीको संसदीय दलमा निवेदन दिएपछि प्रमुख सचेतकले सचिवालयसमक्ष सिफारिस गर्नुपर्छ । सचेतकको पत्रसहित राहदानी विभागको मागअनुसारका कागजात पेस गरेपछि मात्रै सचिवालयले पासपोर्ट बनाइदिन सिफारिस दिन थालेको हो ।विभागले चैत २३ मा सचिवालयलाई पासपोर्ट बनाउन आवश्यक कागजपत्र समावेश गरेर मात्रै सिफारिस पठाउन आग्रह गरेको छ । पासपोर्ट बनाउन सम्बन्धित संसदीय दलले भने यस्तो कागजातबिना नै सिफारिस गरिरहेका छन् । ‘विदेशमा हुने कार्यक्रम, भ्रमण गर्ने मुलुक, बाटोमा पर्ने मुलुक, कार्यक्रमको अवधिसमेत खुल्ने आधार पेस नगर्ने केही माननीयहरूको सिफारिस राहदानी विभागमा पठाउन सकिएन,’ सचिवालय स्रोतले भन्यो, ‘आवश्यक कागज पेस भएपछि प्रक्रिया अघि बढाउँछौं ।’

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी …