प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत

काठमाण्डौ -मन्त्रिपरिषद् बैठकले प्रेदश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरिदिएको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो। राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ मधेशी एशोसिएशन भन्ने एक गैरसरकारी संस्थाले अमेरिका भ्रमणको निम्तो पठाएको थियो।
निम्तोलाई स्वीकृतीका लागि केन्द्र सरकार समक्ष प्रदेश २ ले पठाएको थियो। तर केन्द्र सरकारले अहिले प्रदेश भित्रै २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको भन्दै भ्रमण अस्वीकृत गरेको हो। ‘नीति र बजेट तथा संगठनात्मक काम गर्नुपर्ने भएकाले जान अनुपयुक्त देखिएको टुङ्गो गरेको छ’, बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले भने।केन्द्र सरकार र प्रदेश २ का मुख्यमन्त्री राउतबीच पछिलो समय सम्बन्ध सुमुधुर हुन सकेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला संविधान संशोधनको विषय उठाउनुका साथै राज्यलाई मधेस विरोधी रहेको बताएपछि राउतको आलोचना भएको थियो। केन्द्र सरकारले उनको भनाई आधिकारिक नभएको स्पष्टिकरण समेत संसदमा दिनु परेको थियो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित