गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेसनले नरेश खपांगी मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार अल्डरसटस्थित एम्पाएर हलमा सम्पन्न शाखाको चौंथो अधिबेसनले नरेश खपांगीमगरलाई पुन दोस्रो कार्यकालको लागि पनि चयन गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्टको बिशेष आतिथ्यमा सम्पन्न अधिवेसनलाई दूताबासका उपनियोग प्रमुख शरदराज आरण, गैरआवासीय नेपाल संघका उपाध्यक्ष कुल अचार्य, एनआरएन युकेका अध्यक्ष योग कुमार फगामि लगायत स्थानिय संघसँस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।
पत्रकार महासंघ बेलायतको चौथो अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल, श्याम लुइँटेल, उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुन्जा, बिमला सेनेलाई सर्वसम्मत रुपमा चयण गरेको छ । यस्तै महासचिवमा संजयभक्त कंडेल , उपमहासचिव नरेन्द्र बस्नेत, सचिव शिब भण्डारी, पूर्ण गुरुङ , जगन्नाथ कार्की निर्विरोध भएका छन् ।
तेस्तै गरि कोषाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री, सहकोषाध्यक्षमा रोशन राई ‘बिनोद’ चयन भएका छन् । सदस्यहरु बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ्ग, नरेश काङ् बाङ राई, सुरेन्द्र इंगनाम, तिर्थबहादुर मल्ल , गणेश खड्का , मन्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट निर्वाचित भएका छन् । प्रमुख पदका उम्मेदवार बीचको सहमति पछि कार्यसमितिमा केही पद थप गरिएको थियो ।
सर्वसम्मत गराउनको लागि पूरानो कार्य समितिलाई विस्तार गरि २५ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ ।





