नयाँ दिल्ली। एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ।
भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उहाँमाथि लगाइएको थियो।
गुप्ता ६१ वर्षको छन्। उनले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो।
उनलाई सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो। उनको मुद्दा जारी रहेको थियो। मुद्दाको अन्तिम सुनुवाईका क्रममा आइतबार उहाँले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजायँ सुनाएको हो।
एएफपी