तोकिएको समयमा काम नसक्ने ठेकेदार पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा तोकिएको समय सीमाभित्र काम नसक्ने एक जना ठेकेदार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सरजमिन ढोरपाटन सडकखण्ड अन्तरगत कञ्चन खोलादेखि ढुंगेखोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार विवेक पौडेल छन् ।

उनले २४ पुस ०७१ सम्ममा सडक निर्माण सक्ने गरी ०७० सालमा १७ किलोमिटर सडक निर्माणको ठेक्का पाएका थिए । तर, अहिलेसम्म उनले दुई किलोमिटर मात्रै सडक निर्माण गरेको बताइएको छ ।

‘स्थानीय जनप्रतिनिधिले समयमै काम सक्न पटकपटक निर्देशन दिँदासमेत उल्टै गाली गलौज गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो’, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले अनलाइनखबरसँग भने, ‘सार्वजनिक अपराध एेन अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ ।’

यसअघि गृहमन्त्री रामबहादुर थापाले समय सीमाभित्र काम नसक्ने ठेकेदारलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका थिए ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित